Skip to main content

नर्वेको मौसमसम्बन्धी ‘रकेट’ले झन्डै परमाणु युद्ध निम्त्याएको त्यो क्षण


नासाको तस्बिरमा 'अरोरा बोरिआलिस'सँगै रातिको समयमा प्रक्षेपण गरिएको क्षेप्यास्त्र

तस्बिर स्रोत, Getty Images

सन् १९९५ को ज्यानुअरी २५ मा ‘नोर्दन लाइट’बारे अध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।

शीतकालीन यामको कठोर जाडोको एक दिन विश्व झन्डै एक घण्टाजति शीतयुद्धकालीन भयावह दुःस्वप्नको निकै नजिक पुग्यो। सामान्यजस्तो लाग्ने एउटा बुधवार दिउँसो उत्तरी रूसका रेडार केन्द्रहरूमा खटिएका सैन्य प्राविधिकहरूले आफ्ना स्क्रिनमा चिन्ताजनक सङ्केतहरू देखे।

नर्वेको तटनजिकैबाट एउटा रकेट प्रक्षेपण गरिएको थियो र त्यो तीव्र गतिमा आकाशतर्फ लागिरहेको थियो। त्यो कहाँ लक्षित थियो? के त्यो साँच्चिकै कुनै गम्भीर खतरा थियो?

त्रास

यो धेरैले बर्लिनको पर्खाल ढलेपछि यस्ता आणविक तनावहरू समाप्त भइसकेको ठानेका समयको कुरा हो।

आकाशको निगरानी गरिरहेका व्यक्तिहरूका निम्ति त्यसको अर्थ अत्यन्तै भयावह थियो। सोही क्षेत्रका पानीमा तैनाथ कुनै अमेरिकी पनडुब्बीबाट प्रक्षेपण गरिएको एउटै क्षेप्यास्त्रले केवल १५ मिनेटभित्र मस्कोसम्म आठवटा आणविक युद्धशीर्ष पुर्‍याउन सक्छ भन्ने उनीहरू जान्दथे। त्यसैले यो सूचना तुरुन्तै राष्ट्रपति बोरिस येल्त्सिनसम्म पुर्‍याइयो।





Source link