जाजरकोटको रिसाङका करिब ३०० विस्थापित परिवारहरू सुरक्षित आवास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमा फर्किएका छन्। बाढीपहिरोले चार जनाको मृत्यु र १० जना घाइते बनाएको थियो।
यस वर्ष तीज र चौरचन एकै दिन परेका छन्। चौरचन मिथिलामा भाद्र शुक्ल चतुर्थीको साँझ मनाइन्छ। चन्द्रमालाई अर्घ्य दिँदै परिवारको कल्याण र सन्तानको दीर्घायुको कामना गरिन्छ।
बैतडीको सडक डिभिजन कार्यालयले १० वटा सडक आयोजनाका ठेक्का सम्झौता तोडेको छ। महाकाली, जयपृथ्वी, मध्यपहाडी र सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकका मर्मत र स्तरोन्नति कामको ठेक्का अन्त्य गरिएको हो।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा तोकेको छ। अन्य विदेशी मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ।
यस आर्थिक वर्षको साउन पछि भदौ १९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी बढाएका छन्। बैंकर्स संघका अनुसार चाडबाड, खुकुलो कर्जा नीति र होटल तथा जलविद्युत् परियोजनाहरूले कर्जाको…
आगामी शरद ऋतुका लागि ४९८ जनाले हिमाल आरोहण अनुमति लिइसकेका छन्। मनास्लु हिमाल आरोहणका लागि ३८ टोलीका ४५१ आरोहीले अनुमति लिएका छन्, जसमा १२० महिला पनि छन्।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच विपद्पछि उद्योग–व्यवसाय पुनर्स्थापना, लगानी वातावरण र रोजगारी विषयमा छलफल भएको छ।