Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दिवाली र तिहारको विश्वव्यापी महत्त्व र आकर्षण

Advertisement800×200-1

नेपालमा तिहार भनिने र भारत लगायत दक्षिण एशियाली मुलुकमा दिवाली भनिने पर्वले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्व पाउँदै गएको देखिन्छ। यो वर्ष अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले सिड्नीमा ‘हाम्रो नेपाली समुदायसँग तिहार’ मनाएको भन्दै सामाजिक सञ्जालमा ढाका टोपी र नेपालको झन्डा अङ्कित गलबन्दी लगाएका तस्बिरहरू पोस्ट गरे। “विविधता हाम्रो शक्ति हो र तपाईँहरूको समुदाय त्यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नम, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले लगायतले पनि सामाजिक सञ्जालहरूमार्फत्‌ दिवालीको शुभकामना दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा दिवाली मनाएका छन्। “दिवाली मनाउनुहुने सम्पूर्ण अमेरिकीहरूलाई यस सुखद अवसरले तपाईँहरूको घरमा आशा र उज्यालो छाओस् अनि मनमा आफ्ना प्रियजनहरूको न्यानोपन भरियोस्,” ह्वाइट हाउसद्वारा जारी ट्रम्पको सन्देशमा भनिएको छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यस पर्व नेपाल र भारतमा तिहार र दिवालीका रूपमा मनाइन्छ। संस्कृतिविद्हरूले यस पर्वका केही समानता र भिन्नता रहेको औँल्याएका छन्। त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका प्राध्यापक लोकनाथ दुलालले यस पर्वको विशेषता भनेकै संसारका सबै खाले मानिसलाई जोड्न सक्ने हुनु रहेको बताउँछन्। “तिहार मान्ने धर्म वा समुदायको विस्तार संसारभरि हुनुले संसारले यस पर्वलाई चिन्यो, यस पर्वलाई बुझ्न पायो,” उनी भन्छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर