Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नगरकोटमा वर्ल्डलिंकको सम्पर्क कार्यालय, पर्यटन व्यवसायको कनेक्टिभिटीमा केन्द्रित

Advertisement800×200-1

नगरकोट । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायलाई लक्षित गर्दै नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयले स्थानीय होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक संस्थाको इन्टरनेट र डिजिटल कनेक्टिभिटीसम्बन्धी आवश्यकतामा समन्वय गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्यालय मुख्यतः व्यावसायिक इन्टरनेट सेवाको बिक्री तथा व्यवसाय विस्तारमा केन्द्रित हुनेछ। स्थानीय व्यवसायको आवश्यकता पहिचान गर्ने, उपयुक्त सेवाबारे जानकारी दिने र सम्बन्धित प्राविधिक तथा सेवा टोलीसँग समन्वय गर्ने यसको उद्देश्य छ।

नगरकोटका होटल तथा पर्यटन व्यवसायमा अनलाइन बुकिङ, डिजिटल भुक्तानी, ग्राहकसँगको सञ्चार र दैनिक व्यवस्थापनका लागि भरपर्दो इन्टरनेटको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्यालय सञ्चालन गरिएको वर्ल्डलिंकले जनाएको छ।

नयाँ कार्यालयमार्फत व्यवसायीसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, ग्राहकका आवश्यकताअनुसार डिजिटल समाधानबारे जानकारी उपलब्ध गराउने र व्यावसायिक सहकार्य अघि बढाउने कम्पनीको योजना छ।

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट हिमशृङ्खलाको दृश्यावलोकन र प्राकृतिक वातावरणका लागि परिचित छ। यहाँका पर्यटन तथा आतिथ्य व्यवसायको डिजिटल सेवा सुधारमा नयाँ कार्यालयले सहयोग पुर्‍याउने अपेक्षा कम्पनीले गरेको छ।

वर्ल्डलिंकले आवासीय तथा व्यावसायिक ग्राहकलाई इन्टरनेट र डिजिटल सञ्चारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर