नेपाल निर्वाचन २०८२ प्रतिनिधिसभा : समानुपातिक प्रणालीतर्फको मतगणनाको ‘अन्तिम परिणाम दिउँसोसम्म आउने’

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ।
उक्त दफाको उपदफा ११ मा “समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने” उल्लेख छ।
अहिलेको निर्वाचनमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त ‘थ्रेश्होल्ड’ कटाएका छन्। अर्थात् तिनले आफ्नो पक्षमा खसेको मतको आधारमा ११० समानुपातिक सीटमा भाग पाउने छन्।
कसले कति सीट पाउँछन् भन्ने निर्णय गर्न चाहिँ एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद ५ मा समाविष्ट दफा ३३ र ३४ मा समानुपातिक सीट बाँडफाँटबारे उल्लेख छ।
तिनले “मतपरिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण” हुने जनाएका छन्।
पढ्नुहोस् विस्तारमा






