Skip to main content

मध्यपूर्व तनाव : विस्फोटक पदार्थ बिछ्याइरहेका १६ इरानी पानीजहाजमा हमला गरेको अमेरिकी दाबी


इरानले हर्मुजको जलमार्ग पार गर्ने पानीजहाजहरूमा हमला गर्ने बताएसँगै यसरी कैयौँ तेल ट्याङ्करहरू रोकिएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले हर्मुजको जलमार्ग पार गर्ने पानीजहाजहरूमा हमला गर्ने बताएसँगै यसरी कैयौँ तेल ट्याङ्करहरू रोकिएका छन्

पढ्ने समय: ३ मिनेट

इजरेलले इरान र लेबननमा थप क्षेप्यास्त्र प्रहार गरेको छ। इजरेली सेनाले बेरुतको दक्षिणमा रहेका हिज्बुल्लाहका पूर्वाधार तथा तेहरानमा रहेका निशानाहरूमा “थप आक्रमण” सुरु गरेको बताएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजमा “कुनै पनि बारुदी सुरुङ नबिछ्याउन” चेतावनी दिएपछि अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो सेनाले १६ इरानी बारुदी सुरुङ बिछ्याउने जहाजहरूलाई “सखाप” पारेको जनाएको छ।

तेल निर्यात हुने एउटा मुख्य जलमार्ग हर्मुजनजिकै माइन बिछ्याउने ती इरानी पानीजहाजहरू ध्वस्त पारेको अमेरिकी सेनाले बताएको हो।

अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा राखेको एउटा भिडियो पोस्टमा कैयौँ डुङ्गाहरूमा प्रहार गरिएको र विस्फोट भएको देखाइएको थियो।

ट्रम्पले इरानलाई उक्त जलमार्गमा माइन नबिछ्याउन चेतावनी दिएपछि यस्तो घटनाक्रम आएको हो। अमेरिकी चेतावनी त्यसो गर्दाको सैन्य परिणाम पहिले कहिल्यै नदेखिएको स्तरमा हुने भनिएको थियो।





Source link