Skip to main content

रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने


१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

आफ्ना सांसदहरूलाई तयारी अवस्थामा रहन पनि रास्वपाले अनुरोध गरेको छ ।

सबै सांसदहरूलाई चैत ३ गते काठमाडौंको उपत्यकाको तोकेको स्थानमा पुग्ने तयारी अवस्थामा रहन पनि रास्वपाले भनेको छ ।