Skip to main content

नेपाल निर्वाचन २०८२: रास्वपालाई आधाभन्दा धेरै समानुपातिक सीट, अरू दललाई कति?

मतपेटिका बोकेर ढुवानी गरिँदै

तस्बिर स्रोत, RSS

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा दलहरूले पाउने सीट सङ्ख्याको टुङ्गो लगाएको छ।

देशभरिबाट समानुपातिक प्रणालीतर्फको दलहरूले पाएको कुल सदर मतमध्ये तीन प्रतिशत मत कटाएका छ वटा राजनीतिक दललाई ११० सीट भाग लगाइएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

पछिल्लो विवरणअनुसार कुल ५१ लाख ८३ हजारभन्दा बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सीट जितेको छ।

दोस्रो धेरै १७ लाख ५९ हजार मत पाएको नेपाली कांग्रेसले २० सीट जितेको छ।

समानुपातिक प्रणालीतर्फ तेस्रो धेरै १४ लाख ५५ हजार मत पाएको नेकपा एमालेले १६ सीट पाएको छ।