Skip to main content

पछिल्लो २४ घण्टामा प्राकृतिक विपद् कारण चार जनाको मृत्यु


३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक विपद्‌मा चार जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७३ वटा विपद्का घटना भएका थिए र तीमध्ये चार जनाको ज्यान गएको हो।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ।

सोमबार साँझको हावाहुरीमा उदयपुरको कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको थियो। यस्तै उदयपुरमै रुखले किचेर ५ जना घाइते भएका थिए।

समग्रमा सो अवधिमा १४ जना घाइते भएका छन्।