Skip to main content

चुनावमा पराजित खनालले गाउँगाउँमा आभार व्यक्त गरे

समाचार सारांश

Generated by OK AI. Editorially reviewed.

  • अर्घाखाँचीमा पराजित विष्णुप्रसाद खनालले मतदाताप्रति आभार व्यक्त गर्दै गाउँगाउँमा धन्यवाद अभियान चलाएका छन्।
  • खनालले शितगंगा नगरपालिकाका १२ वडामा र छत्रदेव गाउँपालिकाका ८ वडामा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
  • जिल्ला सभापति केशव श्रेष्ठले हारजित स्वाभाविक भए पनि कार्यकर्ताको उत्साह कायम राख्न यस्तो अभियान आवश्यक भएको बताए।

३ चैत, अर्घाखाँची । हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि विष्णुप्रसाद खनाल (मुस्कान) मतदाताप्रति आभार व्यक्त गर्न गाउँगाउँ पुगेका छन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनतासँगको सम्बन्ध निरन्तर मजबुत बनाउनको लागि धन्यवाद अभियान चलाएको बताए।

अर्घाखाँचीका विभिन्न क्षेत्रहरूमा पुग्दै उनले आफूलाई मतदान गर्ने तथा पार्टीको रुख चिन्हमा विश्वास गर्ने सबै मतदातालाई धन्यवाद दिए। साथै कार्यकर्ता र समर्थकहरूलाई निराश नहुन आग्रह गर्दै भविष्यमा अझ सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

खनालले शितगंगा नगरपालिकाका १२ वडाहरू र छत्रदेव गाउँपालिकाका ८ वडाहरूमा भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन्।

यसै क्रममा आज उनले सन्धिखर्क नगरपालिका-३, ४, ५, ९, १०, ११ र १२ वडामा समेत भेटघाट तथा धन्यवाद कार्यक्रम गरेका हुन्।

स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले निर्वाचनमा प्राप्त साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

यो अभियानले स्थानीय तहका कार्यकर्ताको मनोबल उच्च बनाएको जानकारी दिइएको छ। जिल्ला सभापति केशव श्रेष्ठका अनुसार, निर्वाचनमा हारजित स्वाभाविक भए पनि कार्यकर्ताको उत्साह कायम राख्न र जनतासँगको सम्बन्ध थप मजबुत बनाउन यस्तो अभियान आवश्यक रहेको बताए।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));