Skip to main content

सरकारले मध्यपूर्वका केही देशका लागि पुनः श्रम स्वीकृति दिने निर्णय

३ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका सीमित देशहरूमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गरिनेछ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व र सुरक्षाज्ञ समस्या देखिँदै आएको भन्दै सरकारले फागुन १७ गते मन्त्रीस्तरीय निर्णयमार्फत श्रम स्वीकृति र नवीकरण तत्काल रोक्का गरेको थियो । नवीकरण बन्द हुँदा उक्त गन्तव्यतर्फ जाने श्रमिकहरू प्रभावित भएका थिए, त्यसकारण मन्त्रालयले ती देशहरूमा मात्र पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।

स्थिति विश्लेषण गरेर जोखिम कम भएका गन्तव्यहरूलाई प्राथमिकतामा राख्दै पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि यस्तै गरी इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा पनि श्रम स्वीकृति र नवीकरण स्थगित गरिएको थियो । ती देशहरूमा काम गरिरहेका तथा बिदामा नेपाल आएका श्रमिकलाई पुनः श्रम स्वीकृति दिन व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

सम्बन्धित देशका नेपाली नियोग र सरोकारवाला निकायबाट श्रम स्वीकृति खुलाउन माग आएपछि विदेश मन्त्रालय र वैदेशिक रोजगार विभागको सिफारिसको आधारमा यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । श्रमिकको सुरक्षा अवस्थालाई प्राथमिकता दिँदै सरकारले चरणबद्ध रूपमा निर्णय परिमार्जन गर्दै जाने बताइएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));