Skip to main content

रवि-बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त

समाचार सारांश

समीक्षा गरिएको।

  • चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक बधाइ र शुभकामना दिएको छ।
  • चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।
  • रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशील सिद्धान्तमा अडिग रहँदै छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता दिने जनाएको छ।

३ चैत, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाइ र शुभकामना व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी गराएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरेको उल्लेख गरिएको छ ।

‘प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउन दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘साथै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन पारम्परिक मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरिएको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता पनि देखाएको छ।

रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशील सिद्धान्तमा अडिग रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने विज्ञप्तिमा जनाएको छ । ‘चिनियाँ कम्युनिस्ट पार्टीको व्यक्त गरेको शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ रास्वपाले भनेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));