Skip to main content

प्रधानमन्त्रीले एमाले नेताहरूलाई बालुवाटार बोलाएर ‘धन्यवाद’ दिइन्


३ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गरेकी थिइन् । त्यसअनुसार एमाले नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

‘यो कठिन परिस्थितिलाई शान्तिपूर्ण रुपमा समाधान गर्ने एक मात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर तपाईंहरुले जुन सहयोगी भूमिका निभाउनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाउनुभयो, त्यसका लागि म केही भनि सक्दिनँ, मुरी मुरी धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

निर्वाचन परिणाम जित–हार हुने भएकाले एकपटकको जनादेशमा विचलित नहुन भन्दै एमाले नेतृत्वलाई शान्तनापनि दिइन् ।

‘एकपटकको जनमतले सधैंका लागि पार्टीहरूको स्थिति निर्धारण गर्दैन । भारतमा अटल बिहारी वाजपेयी र इन्दिरा गान्धीका पालामा पनि उनीहरूको पार्टीले उतारचढाव देखेका छौँ हामी । राजनीति निरन्तरको अभियान हो, त्यसैले देश र जनताको मुद्दा बोकेर लागिरहनुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

एमाले नेताहरूले पनि सबै पक्ष सन्तुष्ट पार्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनको नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद दिए ।

देशलाई कठिन समयमा नेतृत्व दिएको र सर्वस्वीकृत, शान्तिपूर्ण तथा लोकतान्त्रिक निकास दिनुमा आभार व्यक्त गरे ।

उनीहरूले यसपटकको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा समेत गरे। साथै यसपटकको चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव सुनाए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));