Skip to main content

चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान, त्यही दिन राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाइने

३ चैत, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने तयारी सुरु भएको जानकारी दिए ।

आयोगले सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।

बिहीबार सांसदहरूलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलsamक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताइन् ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ । –रासस

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));