
३ चैत्र, काठमाडौं । क्युबाको राष्ट्रिय विद्युत आपूर्तिकर्ताका अनुसार टापुभरि भएको ‘ब्ल्याकआउट’पछि हवनाका १८ हजारभन्दा बढी ग्राहकहरूको विद्युत सेवा पुनः सुचारु भएको छ ।
यो संख्या राजधानीका कुल उपभोक्ताको मात्र २.१ प्रतिशत हो । क्युबामा हाल ऊर्जा र इन्धनको चरम अभाव देखिएको छ ।
अमेरिकी प्रतिबन्धका कारण इन्धन ढुवानीमा अवरोध आएपछि ऊर्जा संकट झन् गहिरिएको छ ।
विगत तीन महिनादेखि क्युबाले इन्धनको ढुवानी प्राप्त गर्न सकिरहेको छैन । यसका कारण दैनिक रुपमा औसत १० घण्टाभन्दा बढी लोडसेडिङ भइरहेको छ ।
मार्च १६ मा राष्ट्रिय प्रसारण लाइनमा आएको खराबीका कारण पूरै देश अन्धकारमय बनेको थियो ।
राष्ट्रपति मिगुएल डियाज कानेलका अनुसार ऊर्जा नाकाबन्दीका कारण दशौँ हजार बालबालिका तथा नागरिकहरू शल्यक्रियाको पर्खाइमा छन् ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));






