Skip to main content

आपसी तनाव घटाउन अफगानिस्तान र पाकिस्तानलाई डब्ल्यूएचओको अनुरोध

समाचार सारांश

समीक्षा पछि प्रकाशित।

  • विश्व स्वास्थ्य संगठनले अफगानिस्तान र पाकिस्तानबीचको तनावले जनस्वास्थ्य र जीवनमा खतरा निम्त्याउने भन्दै तनाव कम गर्न आग्रह गरेको छ।
  • काबुलको ओमिद लागुऔषध पुनर्स्थापना केन्द्रमा भएको आक्रमणमा चार सय भन्दा बढीको मृत्यु र कम्तीमा दुई सय पचास घाइते भएका छन्।
  • पाकिस्तानले अफगान तालिबानको आतंकवाद समर्थन गर्ने सैन्य अड्डामा आक्रमण गरेको दाबी गरेको छ भने अफगानिस्तानले पाकिस्तानमाथि आक्रमणको आरोप लगाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफगान तालिबान र पाकिस्तानबीचको तनाव कम गर्न आह्वान गरेको छ ।

अफगानिस्तान र पाकिस्तान बीचको तनावले जनताको स्वास्थ्य र जीवनका लागि खतरा निम्त्याउने डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फेब्रुअरीको अन्त्यदेखि अफगानिस्तानमा बढ्दो झडपका कारण कम्तीमा छ स्वास्थ्य केन्द्रहरू प्रभावित भएका छन्।’

काबुलमा गृह मन्त्रालयद्वारा सञ्चालित ओमिद लागुऔषध पुनर्स्थापना केन्द्रमा रातभरि भएको आक्रमणमा चार सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा दुई सय पचास जना घाइते भएका छन् । यी व्यक्तिहरूलाई लागुऔषधको लतको उपचारका लागि भर्ना गरिएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठन यी घटनाहरूको अनुसन्धान गरिरहेको छ । यद्यपि, बढ्दो द्वन्द्वले स्वास्थ्य प्रणालीमा थप दबाब दिइरहेको छ र कमजोर मानिसहरूको स्वास्थ्य र जीवनमा जोखिम बढाइरहेको छ।’

डब्ल्यूएचओले सबै पक्षहरूलाई तनाव कम गर्न र शान्ति तथा स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गरेको छ । यसले भनेको छ, ‘शान्ति नै उत्तम औषधि हो।’

अफगानिस्तानले पाकिस्तानमाथि काबुलमा रहेको लागुऔषध पुनर्स्थापना अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ, जसमा सयौं मानिसको मृत्यु भएको छ।

पाकिस्तानले भने आफ्नो सेनाले काबुल र नान्गारहारमा रहेको अफगान तालिबान शासनको ‘आतंकवादलाई समर्थन गर्ने सैन्य अड्डाहरू’मा आक्रमण गरेको दाबी गरेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));