Skip to main content

एप्पलले किने भिडियो सम्पादन सफ्टवेयर ‘मोसन भीएफएक्स’


प्रविधि क्षेत्रको प्रमुख कम्पनी एप्पलले भिडियो सम्पादनका लागि प्रयोग हुने प्लग-इनहरू र टेम्प्लेटहरू बनाउने चर्चित कम्पनी ‘मोसन भीएफएक्स’ खरीद गरेको छ।

सोमबार सार्वजनिक गरिएको सम्झौताको वित्तीय पक्ष गोप्य राखिएको छ। पोल्याण्डको वार्सामा मुख्यालय रहेको यो कम्पनीले विगत १५ वर्षदेखि एप्पलको ‘फाइनल कट प्रो’ का लागि उच्च गुणस्तरका भिजुअल इफेक्टहरू विकास गर्दै आएको थियो।

एप्पलले आफ्नो ‘सर्भिस’ व्यवसायलाई विस्तार गर्ने रणनीतिका अन्तर्गत यो कदम चालिएको बुझिन्छ।

यसै वर्ष जनवरीमा, एप्पलले ‘क्रिएटर स्टुडियो’ नामक नयाँ सदस्यता प्याकेज सुरु गरेको थियो, जसमा फाइनल कट प्रो, लजिक प्रो र पिक्सेलमेटर प्रो जस्ता एपहरू समावेश छन्।

अब मोसन भीएफएक्सको प्रविधिलाई एप्पलले सोही प्याकेजमा एकीकृत गर्ने सम्भावना छ।

यसले भिडियो सम्पादकहरूका लागि एप्पलको प्लेटफर्मलाई अझ आकर्षक बनाउने र ‘एडोबी प्रिमियर प्रो’ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

हाल एप्पलको कुल आम्दानीमा सेवा क्षेत्रको हिस्सा २६ प्रतिशतभन्दा बढी पुगेको छ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));