इन्साइक्लोपिडिया ब्रिटानिका र मेरियम-वेबस्टरद्वारा ओपन एआई विरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर

३ चैत, काठमाडौं । विश्वप्रसिद्ध ज्ञानकोश इन्साइक्लोपिडिया ब्रिटानिका र शब्दकोश मेरियम–वेबस्टरले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर गरेका छन्।
ब्रिटानिकाले आफ्नो स्वामित्वमा रहेका करिब १ लाख अनलाइन लेखहरू ओपन एआईले अनुमति बिना नै आफ्ना एआई मोडेलहरूको तालिमका लागि प्रयोग गरेको आरोप लगाएको छ।
ओपन एआईले ‘च्याटजीपीटी’ मार्फत दिइने उत्तरहरूमा ब्रिटानिकाका सामग्रीहरू ठ्याक्कै उपयोग गर्ने गरेको र यसले प्रकाशकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको दाबी उजुरीमा उल्लेख गरिएको छ।
त्यसैगरी, ब्रिटानिकाले ओपन एआईमाथि ‘ह्यालुसिनेसन’ (गलत सूचना उत्पन्न गर्ने) मार्फत आफ्नो ब्रान्ड बदनाम गरेको आरोप पनि लगाएको छ। ओपन एआईले आफ्ना लेखहरूलाई आरएजी प्रविधिमार्फत स्क्यान गर्दा लेखक र प्रकाशकहरूको अधिकार हनन भएको तर्क ब्रिटानिकाले प्रस्तुत गरेको छ।
यसअघि ‘द न्युयोर्क टाइम्स’ र ‘टोरन्टो स्टार’ लगायतका ठूला सञ्चार माध्यमहरूले समेत ओपन एआईविरुद्ध यस्तै मुद्दा दायर गरिसकेका छन्।
यो मुद्दाले आगामी दिनमा एआई कम्पनीहरूले अनलाइन सामग्री प्रयोग गर्दा भुक्तानी गर्नै पर्ने कि नपर्ने भन्ने विषयमा महत्वपूर्ण कानुनी नजिर स्थापना गर्ने अपेक्षा गरिएको छ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));






