Skip to main content

नाइजेरियाको मैदगुरीमा श्रृंखलाबद्ध विष्फोटमा २३ जनाको मृत्यु


३ चैत, काठमाडौं । नाइजेरियाको मैदगुरी शहरमा भएको श्रृंखलाबद्ध भीषण विष्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै मानिसहरू घाइते भएका छन् । मंगलबार भएको यस घटनाको विवरण अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले जनाएको छ ।

स्थानीय प्रहरीले ती विष्फोटहरू आत्मघाती बम विस्फोट हुन सक्ने बताएको छ । त्यस्तै प्रहरीले तीन वटा बम निष्क्रिय गरेको पनि जनाएको छ ।

विष्फोटहरू युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसको बाहिर भएका थिए ।

यसअघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विस्फोट तथा आक्रमणहरूले शहर तनावग्रस्त बनेको छ ।

बोको हराम र प्रतिस्पर्धी जिहादी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्त (आइएसडब्ल्यूपी) का लडाकूहरूले भर्खरै उत्तरपूर्वी नाइजेरियामा आक्रमणहरु बढाएको जनाइएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));