Skip to main content

नाइजेरियामा आत्मघाती आक्रमणबाट २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

समाचार सारांश

  • उत्तरपूर्वी नाइजेरियामा आत्मघाती आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका छन्।
  • बोको हराम र आईएसडब्लैएपीका लडाकुहरूले १६ वर्षदेखि चलिरहेको विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान लिएका छन्।
  • प्रहरीले मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पताल, मुख्य बजार र हुलाक कार्यालय वरपर आक्रमण भएको र सुरक्षा बलले निगरानी बढाएको बताएको छ।

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको साथै एक सयभन्दा बढी घाइते भएको प्रहरीले मंगलबार जानकारी दिएको छ ।

यसअघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट तथा आक्रमणहरूले सहर अशान्त बनेको छ भने नाइजेरियाको लामो समयदेखि चलिरहेको विद्रोह ग्रामीण भित्री इलाकामा सरेपछि समस्या झनै बढेको छ ।

बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेट अफ वेस्ट अफ्रिका प्र्भिन्स (आईएसडब्लैएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमणहरु बढाएको जनाइएको छ ।

उनीहरूको १६ वर्षदेखिको अभियानमा ४० हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ भने करिब २० लाख विस्थापित भएका छन् ।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्धहरूद्वारा गरिएको प्रमाणित गरेको बताए ।

एएफपीले एक जिहादी विरोधी सदस्यलाई उद्धृत गर्दै विस्फोटबाट मृत्यु हुनेहरूको संख्या ३१ पुग्न सक्ने जनाएको छ ।

आक्रमणकारीहरूले सहरको मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र हुलाक कार्यालय फ्लाइओभर वरिपरि आक्रमण गरेको बताइएको छ ।

मंगलबारको बयानमा प्रहरीले प्रभावित क्षेत्रहरूको सामान्य अवस्था पुनःस्थापित गरिएको र सुरक्षा बलले मैदुगुरी तथा वरिपरिका क्षेत्रमा थप घटनाहरू हुन नदिन निगरानी कडा बनाएको उल्लेख गरेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));