Skip to main content

इराकको बगदादस्थित अमेरिकी दूतावासमाथि ड्रोन आक्रमण


३ चैत, काठमाडौं । इराकको बगदादस्थित अमेरिकी दूतावासमाथि ड्रोन र रकेट मार्फत आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार दूतावासमा धेरै ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।

इराकका सुरक्षा स्रोतले एएफपीसँग जानकारी दिंदै विगत केही दिनदेखि गरिएका आक्रमणमध्ये यो आक्रमण सबैभन्दा गम्भीर रहेको बताएका छन् ।

आक्रमण हुनुअघि करिब छ घण्टा अगाडि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको थियो ।

सुरक्षा सतर्कतामा उल्लेख थियो, ‘इरानसँग सम्बन्धित आतंकवादी मिलिशियाले क्रमिक रूपमा बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रमण गरिरहेका छन् ।’

आक्रमणबाट भएको कुनै क्षतिको विवरण यसबेला सार्वजनिक गरिएको छैन । गत हप्ताको पनि बगदादस्थित अमेरिकी दूतावासमाथि आक्रमण भएको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));