Skip to main content

आजको मौसम कस्तो हुनेछ ?


४ चैत, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाछ कि हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय हावाको आंशिक प्रभाव व्याप्त छ ।

आज दिउँसो देशका हिमाली क्षेत्रहरूमा सामान्यतया बादल लाग्नेछन् भने पहाडी र तराई क्षेत्रमा आंशिक बादल देखिने अपेक्षा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा प्रायः बादल लाग्ने देखिएको छ ।

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बादल रहनेछ भने बाँकी क्षेत्रहरूमा मुख्यतः मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।