Skip to main content

इजरायली आक्रमणमा बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते


४ चैत, काठमाडौं । इजरायली आक्रमण पश्चात लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाका दुई आक्रमणबाट ६ जनाको मृत्यु र २४ जना घाइते भएको पुष्टि गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ का अनुसार, इजरायली वायु सेनाले बेरूतका तीनवटा अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको छ।

अल जजिराका रिपोर्ट अनुसार, इजरायली सेनाले सैदा जिल्लाको अल अकिब्या शहरमा पनि आक्रमण गरेको छ, जुन नजिकैको कनगरित सहरमा भएको अर्को आक्रमणको केही समयपछि भएको थियो।