Skip to main content

योग-ध्यानसँगै दोस्रो दिनको कक्षा सुरु, रविको मन्तव्यसँगै समापन हुने


४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योग–ध्यान कक्षासँगै सुरु भएको छ । ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

आजको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् । उनीहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट जानकारी र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने छ । साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसद् भित्र र बाहिर प्रभावकारी समन्वयका उपायहरूबारे साझा धारणा विकास गरिने छ ।

आज कसले दिँदैछन् प्रशिक्षण ?

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया : योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिँदैछन् । उनको प्रस्तुति बिहान ९ बजेदेखि ९:४५ बजेसम्म रहनेछ ।

बिहान ९:४५ बजेदेखि १०:४५ बजेसम्म अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन : अवधारणा र अभ्यास’ विषयमा प्रशिक्षण दिनेछन् ।

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध : नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिनेछन् ।

अनि सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति हुनेछ ।

मध्याह्न १२ बजेपछि समापन सत्र सुरु हुनेछ । यस सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको तर्फबाट धन्यवाद मन्तव्य सांसद प्रशान्त उप्रेती र खिमा विकले राख्नेछन् ।

अन्तमा साढे १२ बजेदेखि १ बजेसम्म सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने छन् ।

दिउँसो १ बजे खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने रास्वपाको पूर्वनिर्धारित कार्यतालिका छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));