Skip to main content

इरानले लारिजानी हत्याको निर्णायक बदला लिने प्रतिबद्धता व्यक्त गर्यो

४ चैत, काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्या प्रतिकार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीहरूले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानी सहित अन्य ‘शहीद’हरूको मृत्युको बदला लिने चेतावनी जारी गरेका छन्।

हातामीले भने, ‘सही समय र सही स्थानमा हामी अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक निर्णायक र यस्तो जवाब दिनेछौं, जुन अन्यका लागि उदाहरण बन्न सक्छ। उनीहरूलाई आफ्ना कार्यप्रति पछुतो हुनेछ।’

इरानले मंगलवार सचिव लारिजानीको मृत्यु पुष्टि गरिसकेको छ। यसअघि इजरायलले लारिजानीको हत्या गरेको दाबी गरेको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार, इरानको रिभोल्युशनरी गार्ड्स (आईआरजीसी) ले मध्य इजरायलमा लारिजानीको मृत्युको बदला स्वरुप पहिले नै मिसाइल प्रहार गरेको जानकारी दिएको छ। आईआरजीसी इरानी सेनाबाट पृथक एक संगठन हो।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));