Skip to main content

अलि लारिजानीको मृत्युले इरानको नेतृत्वमा गहिरिँदै संकट

इरानी सुरक्षा प्रमुख अलि लारिजानी

तस्बिर स्रोत, Getty Images

इरानले देशको सुरक्षा प्रमुख अलि लारिजानी इजरायलको आक्रमणमा मारिएको पुष्टि गर्दै यसको “निर्णायक” प्रतिवाद गरिने चेतावनी दिएको छ।

लारिजानी इरानमाथि अमेरिका र इजरायलको आक्रमण सुरु भएयता मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईपछि दोस्रो शीर्ष अधिकारी हुन्।

इजरायली सञ्चारमाध्यमका अनुसार उनी आफ्ना छोरासँगै लुकेर बसेका बेला आक्रमण गरिएको थियो।

लारिजानी सन् २०२५ अगस्तदेखि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रभावशाली सचिव थिए।

उक्त परिषद्मा उनलाई हालै मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको प्रतिनिधिका रूपमा चित्रण गरिन्थ्यो।