Skip to main content

गोकुल बास्कोटा: रास्वपालाई जनताको विश्वास, नेताहरूलाई तीन महिनासम्म मौन रहन सुझाव


४ चैत, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यसपटक जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गरेको बताएपछि नेताहरूलाई आगामी तीन महिनासम्म केही नबोल्न सुझाव दिएका छन् । बुधबार फेसबुकमा पोस्ट राख्दै नेता बास्कोटाले जनताले जिताएको पार्टीले जस्तै जसरी पनि शासन गर्ने भएकाले, त्यसलाई सम्मान गर्नुपर्ने उल्लेख गरे ।

‘रास्वपाले चुनाव जित्यो । कसरी चलाउँछन् त्यो त उनीहरूकै कुरा हो । नयाँ सरकारले काम सुरु गरेको तीन महिनासम्म अरूले केही भन्नु नै बेकार हो,’ बास्कोटाले लेखेका छन्, ‘जनता साझा थिए, छन् र रहनेछन् । फरक मात्र के हो भने यसपटक आम जनताको रोजाइमा उनीहरू परे ।’

रास्वपाले दिएका वाचा जनताले पत्याएको पनि उनले बताए । ‘अझ भनौँ, उनका वाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गर्ने कुरा हुने भयो,’ बास्कोटाले थपे ।

चुनावको नतिजापछि एमाले नेताहरूबीच यस्ता आरोप-प्रत्यारोप र घोचपेंचहरू भइरहेका छन् ।