Skip to main content

आजको मौसम कस्तो रहनेछ?


५ चैत, काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागहरूमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही क्षेत्रहरू तथा बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

यसैगरी, आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बादल रहनेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केहि क्षेत्रमा तथा बागमती र कोशी प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

-राससबाट