Skip to main content

मध्यपूर्वको तनाव: लेबननमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्था के छ?

लेबननमा शान्तिसेना

तस्बिर स्रोत, Getty Images

मध्यपूर्वमा चलिरहेको युद्धका बीच लेबननमा पदस्थ नेपाली शान्ति सैनिकहरूलाई सुरक्षा सतर्कता अपनाउन आदेश दिइएको छ र अत्यावश्यक कामबाहेक शिविर बाहिर नजान निर्देशन दिइएको छ भनी अधिकारीहरूले बताएका छन्।

केही दिन अगाडि दक्षिण लेबनन स्थित नेपाली बटालियनको शिविरभित्र गोलाबारी भएको थियो र त्यहाँ इजरायलले हानेको विस्फोटक पदार्थ परेको शंका गरिएको छ।

संयुक्त राष्ट्रको लेबननस्थित शान्ति अभियान यूनिफिलका एक सूचना अधिकारीले उक्त घटनाको अनुसन्धान जारी रहेकाले पछिल्लो तनावपछि अवस्था अस्थिर रहेको बताए।

इजरायलले शान्ति सैनिक र उनीहरूको संरचनाहरूमा आक्रमण नगर्ने नीति रहेको र करिब दुई हप्ताअघि घानाका शान्ति सैनिक शिविरमा भएको गोलाबारीमा माफी मागेको जानकारी आएको छ।

नेपाली शान्ति सैनिकहरूको अवस्था कस्तो छ?

नेपाली सेनाको वेबसाइटमा उपलब्ध विवरण अनुसार, मार्च ११ सम्म यूनिफिलमा ५५४ नेपाली सैनिक संस्था भइसकेको छ र तीमध्ये ५३२ जना दक्षिण लेबननस्थित नेपाली बटालियनमा तैनाथ छन्।