Skip to main content

गगन थापा : कांग्रेस सभापति गगन थापाको राजीनामा, अबको प्रक्रिया के हो?

गगन थापा

तस्बिर स्रोत, EPA

पढ्ने समय: ३ मिनेट

नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको कुरा कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले पुष्टि गरेका छन्।

“सभापतिको राजीनामा पत्र नेपाली कांग्रेस केन्द्रीय समितिमा आएको छ। राजीनामा स्वीकार गर्ने कि नस्वीकार गर्ने भन्ने विषय अब केन्द्रीय समितिको अधिकार क्षेत्र भित्र पर्न पुग्यो,” रसाइलीले भने।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाएको थियो। त्यसपछिको टिकट वितरण र चुनावमा थापा सर्लाही-४ बाट उम्मेदवार भएर हार्नु भएपछि राजीनामा दिने मनस्थितिमा रहेको खबर बाहिरिएको थियो।

आम चुनावमा कांग्रेसले भोगेको ठूलो हारको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने कुरा कांग्रेसभित्र र बाहिर भएका धेरैको मत रहेको छ।

त्यसैगरी उनको नेतृत्वमा चुनाव लडेको कांग्रेस पहिलो भए देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा धेरै कम सिट ल्याएर दोस्रो भएको छ।