Skip to main content

पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनी टोली घोषणा


५ चैत, काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ देखि सुरु हुने प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ। संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली तयार गरेको छ।

टोलीमा देव खनालसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी रहेका छन्।

त्यसैगरी रमेश कुर्मी, नरबहादुर सार्की, दीपेश रोका, महेश भर र सम्राट भुसाललाई रिजर्भ खेलाडीको रूपमा राखिएको छ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत ७ बाट बागमती प्रदेश र मधेश प्रदेशका दुई दुई स्थानमा आयोजना हुँदैछ। लुम्बिनी पहिलो खेल शनिबार पर्सामा कर्णाली प्रदेशविरुद्ध खेल्नेछ। लुम्बिनीका सबै खेल जनकपुर र पर्सामा आयोजना हुनेछ।