समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण प्रक्रिया सुरु (तस्वीरहरु सहित)

५ चैत, काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको छ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न ६ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदहरुको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।
आज सांसदहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेपछि आजै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी आयोगले गरेको छ।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ।







