Skip to main content

समानुपातिक सांसदहरूले पाए प्रमाणपत्र (तस्विरहरू)


५ चैत, काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरूले प्रमाणपत्र प्राप्त गरेका छन् ।

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण सुरु गरिएको छ ।

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदहरूको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिस्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।

आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिइसकेपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ ।