Skip to main content

पिकअप गाडीको ठक्करले साइकलयात्रीको मृत्यु

समाचार सारांश

OK AI द्वारा निर्माण। सम्पादकीय समीक्षा।

  • सुनसरी रामधुनी नगरपालिकाको वडा नं. ५ मा तरकारी बोकेको पिकअपले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिंदा ६२ वर्षीय विष्णुप्रसाद खतिवडाको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते ३५ वर्षीय देवराज बुढाथोकीको विराटनगरमा उपचार भइरहेको छ।
  • गाडी र चालक फरार भएका कारण प्रहरीले खोजी गरिरहेको छ।

५ चैत, इनरुवा (सुनसरी) । सुनसरी रामधुनी नगरपालिकाको वडा नं. ५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र अर्को एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको छ, जुन जानकारी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले दिएका छन्।

नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् भने उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रामधुनी नगरपालिकाको वडा नं. ५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिएको थियो।

गाडी र चालक फरार रहेका कारण प्रहरीले खोजी गरिरहेको छ भनेर प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।