Skip to main content

निर्वाचन प्रणालीप्रति नागरिक विश्वास बढ्दा लोकतन्त्र थप सुदृढ भयो : राष्ट्रपति

समाचार सारांश

समीक्षाद्वारा तयार गरिएको।

  • राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो।
  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउनुभयो।
  • राष्ट्रपतिले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास बढेको र लोकतन्त्र अझ सुदृढ भएको अनुभूति व्यक्त गर्नुभएको छ।

५ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निकै चुनौतीपूर्ण र जटिल परिस्थितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको छ। निर्वाचन आयोगले तयार पारेको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउँदै उहाँले उक्त कुरा बताउनुभयो।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेश गर्नुभयो।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ,’ उहाँले भन्नुभयो, ‘यसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि गरेको छ र यसले लोकतन्त्रलाई अझ सुदृढ बनाएको कुरा मैले अनुभूत गरेको छु।’