Skip to main content

नेपाल फुटबल: अध्यागमन विभागको पत्रपछि राष्ट्रिय फुटबल लीग स्थगित

नेपालको पुरुष राष्ट्रिय लीग खेल्दै विदेशी खेलाडी

तस्बिर स्रोत, ANFA

तस्बिरको क्याप्शन, नेपालमा हाल फुटबल खेलिरहेका अधिकांश विदेशी खेलाडीसँग श्रम स्वीकृति नभएको अधिकारीहरू बताउँछन्

श्रम स्वीकृतिबिना पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई राष्ट्रिय पुरुष/महिला फुटबल लीगको प्रतियोगितामा सहभागी गराउन नदिन अध्यागमन विभागले प्रेषित गरेको पत्रपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले काठमाडौँमा जारी दुवै राष्ट्रिय फुटबल लीग स्थगित गरेको छ।

एन्फाले जारी गरेको विज्ञप्तिमा प्राविधिक कारणवश अर्को सूचना नआएसम्मका लागि लीग स्थगित गरिएको जनाएको छ।

पुरुष राष्ट्रिय लिगका १७ क्लबमध्ये चित्लाङ फुटबल क्लबले भने विदेशी खेलाडीको श्रम स्वीकृति प्राप्त गरेको जानकारी गराएको छ।

पुरुष लिगमा बिहीवार तीन खेल निर्धारित थिए। ती मध्ये चित्लाङ एफसी र लालीगुँरास एफसी तथा त्रिभुवन आर्मी क्लब र सातदोबाटो यूथ क्लबबीचका दुई खेल भने सञ्चालन भइसकेका छन्। यी दुई खेलमा विदेशी खेलाडीहरू सहभागि थिए।

तर साँझ मच्छिन्द्र क्लब र एपीएफ क्लबबीचको खेल भने रोकिएको छ।