Skip to main content

माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

समाचार सारांश

संपादकीय समीक्षा सहित।

  • जुम्लामा घर पुत्ने क्रममा माटोको ढिस्कोमा पुरिएर ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको छ।
  • माटोको ढिस्कोले पुरिएर घाइते कृष्णमायालाई उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
  • उद्धार गरिएका अर्की घाइते ४० वर्षीया तारा घर्ती उपचारपछि डिस्चार्ज भएर घर फर्किएकी छन्।

५ चैत, जुम्ला । जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

घर पुत्ने क्रममा माटोको ढिस्कोले पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो।

चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारका क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।

घर पुत्ने माटो खन्ने क्रममा कृष्णमाया र ४० वर्षीया तारा घर्तीलाई माटोको ढिस्कोले पुराएको थियो। दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। तर उपचारकै क्रममा कृष्णमायाको निधन भएको छ।

तारा घर्ती भने उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेकी छन्।