Skip to main content

प्युठानमा टिपरको ठक्करबाट मजदुरको मृत्यु


५ चैत, प्युठान । प्युठान नगरपालिका-८ पाडावाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लुप्लुङबाट चुनढुङ्गा बोकेर बागदुलातर्फ जाँदै गरेको रा १ ख १८३९ नम्बरको टिपरले अधेरी–दम्ती सडकखण्डमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ३७ वर्षीय अशोक परियारलाई ठक्कर दिएको हो ।

परियार प्युठानमा मजदुरी गर्दैआएका थिए । ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएका छन् ।

दुर्घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।