
समाचार सारांश
संपादकीय समीक्षा पछि प्रस्तुत।
- निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ महिला सांसद निर्वाचित भएको जनाएको छ।
- प्रतिनिधिसभामा आदिवासी जनजाति २१.०९%, खसआर्य ४९.०९%, थारु ३.२७%, दलित ६.१८%, मधेसी १६.७३% र मुस्लिम ३.६४% सदस्य निर्वाचित भएका छन्।
- प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नमा ६५ दल र समानुपातिकतर्फ ५७ चुनाव चिह्नमा ६३ दलहरूले निर्वाचनमा भाग लिएका थिए।
५ चैत, काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएका छन्, निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा २७५ सदस्य रहेको र त्यसमध्ये १७९ पुरुष र ९६ महिला सांसद निर्वाचित भएको जानकारी दिएका छन्।
निर्वाचन आयोगले समावेशी विवरण अनुसार आदिवासी जनजाति समूहमा २१.०९%, खसआर्य समूहमा ४९.०९%, थारु समूहमा ३.२७%, दलित समूहमा ६.१८%, मधेसी समूहमा १६.७३%, र मुस्लिम समूहमा ३.६४% सदस्य निर्वाचित भएको जनाएको छ।
यो निर्वाचनमा प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीमा ५७ चुनाव चिह्नमा ६३ दलहरूले भाग लिएका थिए।







