Skip to main content

गगनको राजीनामाबारे विश्वप्रकाश: स्थिति सम्हाल्नु प्रधान नैतिक दायित्व


५ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ ।

बैठकको पूर्वसन्ध्यामा बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव आउने बताएका छन् ।

‘नैतिक जिम्मेवारी लिनु सकारात्मक पक्ष हो । तर, अहिलेको प्रधान नैतिक दायित्व भनेको स्थिति सम्हाल्नु नै हो,’ शर्माले लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ ।’

डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष लगाउनु न्यायसंगत नहुने उपसभापति शर्माले बताएका छन् ।