
समाचार सारांश
Generated by OK AI. Editorially reviewed.
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन उल्लंघन गर्दै पुनः नियमित साधारण सभा आह्वान गरेको छ।
- राखेपले एन्फालाई निर्वाचनका लागि स्वीकृति नभएको भन्दै बिहीबार सभा स्थगित गरी जानकारी पठाउन निर्देशन दिएको थियो।
५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन उल्लंघन गर्दै पुनः परिपत्र जारी गरेको छ।
एन्फाले बिहीबार आफ्नो नियमित साधारण सभा (एन्फा अर्डिनरी कंग्रेस) को औपचारिक आह्वान गरेको हो।
त्यसै दिन राखेपले एन्फालाई निर्वाचनका लागि स्वीकृति नभएको भन्दै सभा स्थगित गरी जानकारी पठाउन निर्देशन दिएको थियो।






