Skip to main content

एन्फा महिला लिग पनि केही दिनका लागि स्थगित

अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू केही दिनका लागि स्थगित गरेको छ।

समाचार सारांश

संपादकीय रूपमा समीक्षा गरिएको।

  • अखिल नेपाल फुटबल संघ एन्फाले अध्यागमन विभागको पत्र प्राप्त भए पछि महिला राष्ट्रिय लिगलाई तीन दिनका लागि स्थगित गरेको छ।
  • महिला लिग बुधबारदेखि सुरु भएको थियो र अहिलेसम्म चार खेल सम्पन्न भइसकेका छन्।
  • एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले स्थिति छलफलपछि मात्रै लिग अघि बढाउने बताएका छन्।

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ।

पुरुष राष्ट्रिय लिग फुटबल स्थगित गरेपछि अध्यागमन विभागको पत्रका आधारमा महिला लिग पनि स्थगित गरिएको हो।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको जानकारी अनुसार, शुक्रवारदेखि अर्को सूचना जारी नभएसम्म महिला लिग स्थगित रहनेछ।

अहिलेसम्म सुरु भइसकेको महिला लिगमा बुधबारदेखि चार खेल सम्पन्न भइसकेका छन्। लिगको भविष्यलाई लिएर छिट्टै छलफल गरी निर्णय गरिने तुलाधरले बताए।

अध्यागमन विभागले आजै अखिल नेपाल फुटबल संघलाई पत्र जारी गरी पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन नदिन भनेको छ।