
समाचार सारांश
संचालनात्मक रूपमा समीक्षा गरिएको।
- २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट आएका दलका प्रतिनिधिहरू समावेश सर्वदलीय बैठक सिंहदरवारस्थित संसद् सचिवालयमा बसेको छ।
- सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरू सहभागी थिए।
- चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण हुने तय भएको छ।
५ चैत, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट आएका दलहरूको प्रतिनिधित्व रहेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभा बैठक सञ्चालन सम्बन्धमा बिहीबार सर्वदलीय बैठक आयोजना गरिएको हो ।
सिंहदरवारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा आयोजित उक्त सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेका गुरुप्रसाद बराल, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दल नेता ज्ञानेन्द्रबहादुर शाही सहभागी थिए ।
सर्वदलीय बैठकपश्चात यही चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण तय गरिएको छ । सो दिन दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम हुनेछ ।






