Skip to main content

भारतमा ककरोच जनता पार्टीद्वारा ‘जेल भरो आन्दोलन’को घोषणा

भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार यस विषयमा जानकारी दिएका छन्। दीपकेले एक्स प्लेटफर्ममा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा मुम्बईस्थित शिवाजी पार्कमा सीजेपीले ‘जेल भरो आन्दोलन’ गर्ने जानकारी दिएका छन्।

दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग पुनः दोहोर्‍याएका छन्। पार्टीले पहिले नै घोषणा गरेको थियो कि ज्ञानेश कुमारले पदबाट राजीनामा नदिँदा अक्टोबर २ देखि आन्दोलन सुरु गरिनेछ। तर, सीजेपीलाई मुम्बईमा आन्दोलन गर्न अनुमति दिइएको छैन। यस विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने प्रयासहरू अस्वीकार्य रहेको बताएका छन्।