
१८ असोज, काठमाडौं । नेपालका हामाल श्रेष्ठ र सुनसरीकी रोकया शनिबार एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको उपाधि हात पारेका छन् । यो प्रतियोगिता भियतनामको मु चाङ चाइमा सम्पन्न एटिएम मु चाङ चाई अल्ट्रा ट्रेलको पाँचौं संस्करण हो । उक्त दौडमा नेपालका गोपाल तामाङ दोस्रो र फिलिपिन्सका कि सुवेलो तेस्रो स्थानमा पुगेका छन् । ४२ वर्षीया हामाल श्रेष्ठ एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली धावक बनेका छन् । २४ वर्षीया सुनसरीकी रोकया र नेपालकै १९ वर्षीया कल्पना बुढाले कडा प्रतिस्पर्धा दिइन् । थोरै समयको अन्तरले पछि परेकी कल्पना दोस्रो स्थानमा सन्तुष्ट भइन् भने हङकङकी सेलन लोउबिरे तेस्रो स्थानमा रहिन् । पुरुष र महिला दुवै दौडका शीर्ष १० मा नेपालका धावक-धाविकाहरूको वर्चस्व रहेको थियो । धीरबहादुर बुढा आठौँ र विशाल राई दशौँ स्थानमा पुगेका छन् । लगभग ३८०० मिटर उचाइसम्मको चुनौतीपूर्ण जङ्गली बाटो र पहाडी उकाली ओराली समावेश गरिएको एसिया ट्रेल मास्टर दौडलाई अत्यन्त कठिन मानिन्छ । एटीएममा १८ देशका ३६०० जना धावक-धाविकाहरू सहभागी भएका थिए, जसमा दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय धावकहरू पनि थिए ।






