Skip to main content
Advertisementxtreme adv

इरानका राष्ट्रपति भन्छन्– धम्की होइन, साझा हितमा आधारित शान्ति चाहिन्छ

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग हुने वार्ता दबाब र धम्की बिना मात्र सफल हुन सक्ने बताएका छन्। तुर्कमेनिस्तानमा सम्पन्न स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) को शिखर सम्मेलनमा उनले यसो बताएका हुन्।

इरानले थकाइलाग्दो प्रतिस्पर्धाको सट्टा सहकार्य, एकपक्षीय निर्भरता नभई पारस्परिक अन्तरनिर्भरता, धम्कीको सट्टा विश्वास र साझा हितमा आधारित सुरक्षाको माग गरेको उनले बताए। राष्ट्रपति पेजेस्कियानले एकपक्षीयताभन्दा बहुपक्षीय सहकार्यलाई महत्त्व दिएर ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर एकअर्कालाई विस्थापित गर्ने सट्टा यस क्षेत्रलाई ऊर्जा उत्पादन, प्रसारण र आदानप्रदानको सञ्जालको रूपमा विकास गर्न सकिने स्पष्ट पार्नुभयो।

‘यस महत्त्वपूर्ण र रणनीतिक क्षेत्रका देशहरूले बहुध्रुवीय विश्व निर्माणमा मुख्य भूमिका निभाउनुपर्नेछ,’ पेजेस्कियानले भने।