
बाढी प्रभावित बालबालिकाको मनोस्थिति समझ्ने र तिनीहरूको सहयोग गर्ने उपायहरू

विनाशकारी बाढीको अनुभव गरिरहेका बालबालिकाहरू कसरी मनोवैज्ञानिक रूपमा प्रभावित हुन्छन् र उनीहरूको कसरी सहयोग गर्न सकिन्छ। प्राकृतिक प्रकोपहरू र अन्य विपद् घटनाहरूमा बालबालिका सबैभन्दा बढी जोखिममा पर्दछन्। गत भदौ महिनामा भोटेकोशी र त्रिशूलीनदीमा आएको विनाशकारी बाढीले मानिस र सम्पत्तिमा ठूलो क्षति पुर्यायो। सयौं मानिसहरूले ज्यान गुमाइसकेका छन् भने हजारौँ हराइरहेका छन्, ती मानिसहरूको अवस्था अझै अस्पष्ट छ। उक्त घटनाले हजारौँलाई विस्थापित बनाएको छ।
विनाशकारी बाढी र त्यसले निम्त्याएको चुनौतीलाई प्रत्यक्ष अनुभव गरेका धेरै बालबालिकाको मानसिक अवस्था गम्भीर परीस्थितिमा रहेको छ। यस्ता बालबालिकामा बाढीले कस्तो प्रभाव पारेको छ थाहा पाउनुपर्छ। उनीहरूलाई कस्तो प्रकारको सहयोग आवश्यक छ र त्यो सहयोग कसरी उपलब्ध गराउने भनेर बुझ्नु महत्वपूर्ण छ। यी विषयहरू बुझ्नका लागि बालमनोचिकित्सक डा. अरुणराज कुँवरसँग ‘बीबीसी हातेमालो’ का लागि मनिका विश्वकर्माले गरेको अन्तरवार्ता सुन्नुहोस्।






