Skip to main content

जय ट्रफी नेपाल क्रिकेट : लामो शैलीको प्रतियोगिताले कस्तो सम्भावना देखाउँछ

क्यानले गत वर्षबाट पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नामबाट पुनः दुई दिवसीय प्रतियोगिता ब्युँताएको छ

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, क्यानले गत वर्षबाट पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नामबाट पुनः दुई दिवसीय प्रतियोगिता ब्युँताएको छ

दीपेन्द्र चौधरी त्यति बेला काठमाडौँ (त्यति बेला क्षेत्र नम्बर ३) को टोलीबाट खेल्थे।

नेपाल क्रिकेट सङ्घ क्यानले पहिलो पटक दुई दिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो।

दुई समूहमा बाँडिएको उक्त प्रतियोगिताको एउटा प्रतियोगिता भैरहवामा र अर्को खेल कलैया र वीरगन्जको मैदानमा भइरहेको थियो।

तर त्यति बेला (विसं २०६३ साल) मधेस आन्दोलन उत्कर्षमा पुग्यो। खेल सञ्चालन हुन सक्ने वातावरण नभएपछि खेल बीचमै रोकिन पुग्यो।

चौधरी सम्झन्छन्, “लामो शैलीको क्रिकेट सुरु भएकोले सबै खेलाडी उत्साहित थिए। काठमाडौँले एक खेल विराटनगर सँग ‘ड्र’ खेलिसकेको थियो। भैरहवा र सुदूरपश्चिमले पनि एक एक खेल खेलिसकेका थिए। तर दोस्रो खेल खेल्नै पाएनौँ।”