Skip to main content

रास्वपा सरकार : तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार चुनौती

रास्वपा नेता बालेन शाह (बायाँ) र सभापति रवि लामिछाने

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुईतिहाइ बहुमतनजिक पुग्ने गरी सीट जितेको रास्वपाले अब केही दिनभित्रै सरकार गठन गर्ने ठानिएको छ

नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ।

अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त सरकारले तत्काल सामना गर्नुपर्ने अनेक समस्यामध्ये आममानिसको दैनिक जनजीवनलाई सहज बनाउने हो भने आर्थिक चुनौतीलाई अधिक प्राथमिकता दिन जानकारहरूले सुझाएका छन्।

वर्षौँदेखि जरा गाडेर बसेका पुराना बेथिति त छँदै छन्, खाडीको युद्धले जन्माएका नयाँ चुनौतीले नेपालको अर्थतन्त्रसमेत अछुतो नरहने अर्थविद्हरूले भनिरहेका छन्।

त्यसैले नयाँ सरकारले कम्तीमा निम्न चार टड्कारा आर्थिक चुनौतीको डटेर सामना गर्न उनीहरूले सुझाव दिएका छन्।

१. सुशासन

२०८२ मा काठमाण्डूमा भएको जेन जी आन्दोलनमा सहभागी एक युवा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत भदौको आन्दोलनको एउटा जड कारण सुशासनको माग रहेको बताइन्छ

गत भदौको आन्दोलनको एउटा जड कारण मानिएको सुशासन तथा भ्रष्टाचार अन्त्यको विषय सोझै अर्थतन्त्रसँग गाँसिने अर्थविद् केशव आचार्य बताउँछन्।