
News Summary
- जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नेपालका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ।
- कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
- हिजो हावाहुरीले उदयपुरमा दुई जनाको मृत्यु भएको र बिजुलीको पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ।
काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो ।
विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना समेत छ ।
हिजो पनि विभिन्न स्थानमा मेघगर्जन चट्याङ र असिनासहित पानी परेको थियो । हिजो हावाहुरी पनि चलेको थियो ।
त्यसले केही क्षेत्रमा भौतिक र मानवीय क्षतिसमेत पुर्याएको छ । उदयपुरको कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमाथि हावाले रुख ढाल्दा वीरेन्द्र चौधरीको र कटारी–८ मा मिनामाया तामाङको मृत्यु भएको छ ।
केही जिल्लाहरुमा बिजुलीको पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् ।






